शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्री पोखरेल काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

मङ्गलबार, ०६ पुस २०७८, २० : ४०
मङ्गलबार, ०६ पुस २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेल नेपाली काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । शेखर कोइराला प्यानलबाट चुनाव लडे  उनी गण्डकी प्रदेशको खुलातर्फको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेशको खुल्ला केन्द्रीय सदस्यका लागि खसेको ४६६४ मत मध्ये उनले २३०६ मत ल्याए । यस्तै सभापति शेरबहादुर देउवा प्यानलका ध्रुव वाग्लेले २७२० मत ल्याएर गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

केन्द्रीय सदस्यका प्रत्यासी सोभियत अधिकारीले २०३४ र रेशम बानियाँले १९३८ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप