शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीबाट केन्द्रीय सदस्यमा देउवा पक्षका सबै निर्वाचित, पूर्वमन्त्री थानी एक मतले पराजित

मङ्गलबार, ०६ पुस २०७८, १९ : ५९
मङ्गलबार, ०६ पुस २०७८

नेपाली काँग्रेस कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानल विजयी भएको छ । देउवा पक्षका राजीव विक्रम शाह र कर्णबहादुर बुढा निर्वाचित भएका हुन् ।

शाहले २८२० मत पाए भने अर्का बुढाले २२०० मत पाए । राप्रपा परित्याग गरी काँग्रेसमा आएका डोल्पाका बुढाले काँग्रेसको प्रभावशाली नेता तथा पूर्वमन्त्री हृदयराम थानीलाई एक मले पराजित गरको हुन् ।

थानीले २१९९ मत पाए । कर्णालीबाट महिलातर्फ देउवा समूहकै जानकी सिंह विजयी भएकी छन् । उनले २६२४ मत ल्याएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप