शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निगमसँग पर्याप्त विमान नहुनु विडम्बना : मन्त्री आले

मङ्गलबार, ०६ पुस २०७८, १९ : ४२
मङ्गलबार, ०६ पुस २०७८

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आलेले वायु सेवा निगमसँग पर्याप्त विमान नहुनु विडम्बना भएको बताउँदै विमान थप्न नेपाल सरकारले सहयोग गर्ने बताएका छन् । मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सम्मानमा आज नेपाल वायुसेवा निगममा आयोजित स्वागत कार्यक्रममा बोल्दै आलेले आफूले दवावमा परेर काम नगर्ने दृढता व्यक्त गर्दै निगमसँग भएको दक्ष प्राविधिक एवं प्रशासनिक जनशक्तिलाई पूर्ण उपयोग गरी जहाजको संख्या बढाउने र भाडा प्रतिस्पर्धी गर्ने बताएका हुन् । निगमलाई कम्पनीकरण नगरिने मन्त्रीस्तरिय निर्णय भएको पनि जानकारी गराउँदै निगमको उन्नति र प्रगतिमा साथ दिएर राष्ट्रिय ध्वजावाहकको गरिमा बढाउने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्रालयका सचिव न्यौपानेले कर्मचारीको प्रतिवद्धता उडानमा नियमितता र सेवाको गुणस्तरमा बृद्धि गरी निगमलाई माथि उठाउन सकिने बताए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ९९ प्रतिशत कर्मचारी निगमप्रति प्रतिवद्ध भएको परिणाम स्वरुप खतराजन्य सामान ढुवानी गर्ने दायित्व पाएको, ख्यातिप्राप्त विमान कम्पनीले निगमको टिकट उपयोग गर्ने सहमति गरी निगमले विश्वमा प्रतिष्ठा आर्जन गरेको र अन्तर्राष्ट्रिय बिक्री कक्षमा नेपाली उत्पादन बिक्री गर्ने बिक्रीकेन्द्र खोली नेपाली घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पु¥याउने प्रयास गरेको जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप