लोसपाले बनायो वार्ता समिति
मङ्गलबार, ०६ पुस २०७८, १९ : ३२

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नामाकरण तथा राजधानी तोक्ने विषयमा छलफल गर्नका लागि प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश २ को नाम मधेश प्रदेश र राजधानीको जनकपुर राख्ने विषयमा लोसपाले प्रदेश २ मा रहेका अन्य दलहरुसँग वार्ता गर्न समिति बनाएको हो । सो वार्ता समितिमा सदस्यहरु प्रमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् ।
पुस ८ गते सत्ताधारी दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामाकरण र राजधानीको विषयमा छलफल गर्नका प्रदेशसभामा प्रस्ताव लाने तयारी गरेको छ । जसपाले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने प्रस्ताव तयार पारेको छ । आजै जसपाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत