बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

मङ्गलबार, ०६ पुस २०७८, १८ : १२
मङ्गलबार, ०६ पुस २०७८

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पाण्डेलाई सीईओमा नियुक्ति दिएको हो ।
योसँगै पाण्डेले आगामी माघ १२ गतेदेखि बैंकको प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । 

हालका सीईओ भुवन दाहालको कार्यकाल यहीँ माघमा सकिँदै गर्दा पाण्डेलाई नियुक्ति दिएको हो । नवनियुक्त सीईओ पाण्डे हाल बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप