आइतबार, ०२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अतिरिक्त शुल्क लिन पाइँदैनः चिकित्सा शिक्षा आयोग

मङ्गलबार, ०६ पुस २०७८, १८ : ००
मङ्गलबार, ०६ पुस २०७८

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तह अध्यापनमा लाग्ने अतिरिक्त शुल्क नलाग्ने प्रष्ट पारेको छ । शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट शुल्क हुन्छ । यसका साथै, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरुको पढाई पुरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश रहेकोले यी विषयमा थप शुल्क नलाग्ने आयोगको सूचनामा उल्लेख छ ।

विभिन्न मेडिकल कलेजले विभिन्न शीर्षकमा बीसौं लाख अतिरिक्त शुल्क मागेको भन्दै आयोगमा निवेदन परेकाले चिकित्सा शिक्षा अध्ययन गर्दा लाग्ने शुल्कबारे आयोगले जानकारी दिएको हो । यदि अतिरिक्त शुल्क लिएको पाइए राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ को उपदफा १ समेत आकर्षित हुने आयोगले जानकारी गराएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप