बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सहकारीको १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर परिवर्तन हुने

मङ्गलबार, ०६ पुस २०७८, १७ : २२
मङ्गलबार, ०६ पुस २०७८

हाल सहकारी क्षेत्रमा कार्यान्वयनमा रहेको १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर परिवर्तन हुने भएको छ । अहिलेको वित्तीय तरलता अभावको अवस्थामा सहकारी क्षेत्र समेत उक्त समस्याबाट प्रभावित भएपछि सन्दर्भ ब्याज परिवर्तन गर्न गरिएको मागलाई सरकारले सम्बोधन गर्ने भएको हो । 

मंगलबार ललितपुरमा आयोजित सहकारी अभियन्ता, सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन), सहकारी बैंकको समेत संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले १४.७५ प्रतिशतको सन्दर्भ ब्याजदर परिवर्तन गरिने बताए । 

‘सन्दर्भ ब्याजदर परिवर्तनको विषयमा म सकारात्मक छु । यो तोकिनु हुँदैन बजारलाई नै निर्धारण गर्न दिनुपर्छ । तर, सहकारी अभियन्ताहरुले नै यो मनन् गर्नुपर्ने हो । वाणिज्य बैंकहरुले तीन तीन महिनामा ब्याजदर परिवर्तन गर्छन् हामीले किन गर्न नहुने ?’ प्रतिप्रश्न गर्दै अधिकारीले भने, ‘यो कुरामा म सहमत छु, वर्षमा तीन पटक त नभनौं तर अवस्था र आवश्यकता हेरेर कम्तिमा वर्षमा दुई पटक सन्दर्भ ब्याजदर हेरफेर गरौं ।’
जुन अहिलेको तरलता अभावको समस्या छ यो सहकारी क्षेत्रको मात्र नभएर राष्ट्रकै चिन्ताको विषय भएकाले चिन्तन गर्न तर चिन्ता नगर्न रजिष्ट्रार अधिकारीले सहकारीहरूलाई आग्रह गरे । 

अहिलेको बजारको तरलता अभाव राज्यकै कारण पुँजीगत खर्च नहुँदा करिब दुई खर्ब रुपैयाँ राष्ट्र बैंकमा होल्ड हुँदा समस्या आएको उनको भनाई छ । साथै, बजारमा खुद्रा व्यवसायीहरुले आफुसँगै पैसा होल्ड गर्दा पनि समस्या आएको अधिकारीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप