बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहन बने काँग्रेसको केन्द्रीय सदस्य

मङ्गलबार, ०६ पुस २०७८, १६ : १७
मङ्गलबार, ०६ पुस २०७८

पूर्व राष्ट्रपति डा.रामवरण यादवका छोरा चन्द्रमोहन यादव नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

काँग्रेसका पूर्वमहामन्त्री समेत रामवरणका छोरो चन्द्रमोहन खुल्ला मधेसीतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मधेसीतर्फ ५ जना केन्द्रीय सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको थियो ।

चन्द्रमोहन भने २ हजार १३८ मतसहित तेस्रो सर्वाधिक ल्याएर केन्द्रीय सदस्य बनेका छन् । मधेसीतर्फ केन्द्रीय सदस्य जित्ने शेखर कोइराला प्यानलका उनी एक्ला हुन्
 ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप