बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नवलपरासी सेवा समाज कतारद्वारा ३ विद्यालय र एक अस्पतालमा अक्षयकोष स्थापना

मङ्गलबार, ०६ पुस २०७८, १५ : ४१
मङ्गलबार, ०६ पुस २०७८

‘आपसी सहयोग, सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका गठन भएको नवलपरासी सेवा समाज, कतारले नवलपरासी जिल्लाका तीन विद्यालय र एउटा सामुदायिक अस्पताल छनौट गरी प्रत्येकमा एक लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ ।

सुनवल नगरपालिका–५, बनकट्टीमा रहेको भगवती मावि, सुस्ता गाउँपालिका–५, पक्लिहवामा रहेको दिपक मावि, बर्दघाट नगरपालिका–६, बेतहानीमा रहेको राष्ट्रिय मावि र बर्दघाट नगरपालिका–१४, चौपत्तामा रहेको जिल्लाकै एकमात्र सामुदायिक अस्पताल शहिद स्मृति सामुदायिक अस्पतालमा अति गरिब तथा विपन्न परिवारका सदस्यहरुले लाभ लिने गरी अक्षयकोष स्थापना गरिएको समन्वयकर्ता, पूर्व शिक्षिका तथा स्थानीय समाजसेवी देवी पौडेलले बताइन् ।

पुस ५ गते चारै स्थानमा कार्यक्रम आयोजना गरी अक्षयकोष स्थापनाको घोषणा गरिएको हो । सो अवसरमा संस्थाका सल्लाहकार मोहन कार्कीले संस्था स्थापनाका उद्देश्य र विगतमा अन्तर्राष्ट्रियस्तरमै नवलपरासी जिल्लावासीलाई समेटेर अन्तर्राष्ट्रिय समन्वय समिति बनाउने तथा जिल्लाको समग्र विकासमा सहयोग गर्ने उद्देश्य रहेको उल्लेख गरे ।

सो कार्यक्रममा भर्चुअल माध्यमद्वारा उपस्थित संस्थाका अध्यक्ष सजन लौडारी, प्रथम उपाध्यक्ष अमित बराली, द्वितीय उपाध्यक्ष कृष्ण पन्थी, महासचिव दुर्गा हमाल, सचिव सुरज कुँवर, कोषाध्यक्ष गिरिराज पाठक, सहकोषाध्यक्ष नरबहादुर थापा सहभागी थिए ।

यस्तै, सदस्यहरू बासुदेव पाण्डे, रमेश पुरी, बिष्णुबहादुर शाही, रामजी सुवेदी, परशुराम पाठक, जितबहादुर गुरूङ, सन्ध्या अर्याल, जिता कुमारी गुरूङ, सद्दाम हुसेन, संरक्षक केबी हमाल, प्रमुख सल्लाहकार दिपक सेन, सल्लाहकारहरू मोहन कार्की क्षेत्री, प्रेमप्रसाद पौडेल, कमल खरेल, गोपाल थापा, केश बहादुर गुरूङ, भिमप्रसाद चापागाईं, बोधराज दाहाल पनि भर्चुअल माध्यमबाटै सहभागी थिए ।

नवलपरासी सेवा समाज, कतार १९ असोज २०७५ मा सजन लौडारीको अध्यक्षतामा गठन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप