तालिबानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त
मङ्गलबार, ०६ पुस २०७८, १५ : २४

तालिबानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडेतार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तानमा ल्याइएको बताइएको छ । सीमावर्ती जिल्ला गुस्तामा भएको उक्त अपरेसनको नेतृत्व गुप्तचर महानिर्देशनालय (जीडीआई) का प्रादेशिक प्रमुख डाक्टर बशीरले गरेका थिए ।
घटनापछि पाकिस्तानी सेनाले सोमबार राति कुनार प्रान्तमा तोपबारी प्रहार गरेको खबरलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ। पाकिस्तान र अफगानिस्तान बीच लगभग २,४०० किलोमिटर फैलिएको डुरान लाइनमा पाकिस्तानले लगभग आफ्नो तर्फको सिमामा काँडेतार लगाउने काम लगभग पूरा गरिसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री