मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध वनस्पति बरामद
मङ्गलबार, ०६ पुस २०७८, १५ : ०४
सङ्खुवासभाको मकालु गाउँपालिका–३ उत्तर दक्षिण कोशी राजमार्गबाट प्रहरीले अवैध वनस्पति बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नाले भोटखोला गाउँपालिकाको च्याम्ताङबाट खाँदबारीतर्फ ल्याउँदै गरेको ना ७त ५६२१ नम्बरको ट्रयाक्टरसहित अवैध वनस्पति धुपी र पाखनबेद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको मकालु–३ बाट प्रहरीले अवैध वनस्पति आठ बोरा धुपी, तीन बोरा पाखनबेद बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । प्रहरीले ट्रयाक्टर चालक खाँदबारी– ३ का अनिल दर्जीलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जमा बुझाएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन