मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको वर्चश्व
![मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको वर्चश्व](https://rpcdn.ratopati.com/media/albums/congress_flag_3joqJPnluA.jpg)
नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । मंगलबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मधेसीतर्फको केन्द्रीय सदस्यको सम्पन्न मत गणनामा संस्थापन पक्षको वर्चश्व देखिएको हो । ४ महिलासहित ९ जना केन्द्रीय सदस्यमा ८ जना सभापति शेरबहादुर देउवा प्यानलबाट विजयी भएका छन् ।
४६६७ मत खसेकोमा अजय चौरसियाले २५२२ मत ल्याएर पहिलो स्थानमा उभ्याएका छन् । यस्तै दोस्रो नम्बरमा २२०६ मतसहित विनोद चौधरी विजयी भएका छन् । तेस्रो नम्बरमा चन्द्रमोहन यादव २१३८ मतसहित निर्वाचित भएका छन् ।
चौथोमा महेन्द्रकुमार रायले १९८४ र पाँचौँ नम्बरमा दिनेशकुमार यादवले १९५९ मतसहित निर्वाचित भएका छन् । जसमा चन्द्रमोहन शेखर कोइरालाको समूहबाट निर्वाचित भएका छन्। यस्तै चार जना महिलातर्फ भने देउवा पक्षले क्लिन स्विप परेको छ । देउवा समूहकी मुक्ता कुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के बीआरआईको बोझले प्रचण्ड सरकार ढल्न लागेको हो ?
-
तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन
-
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
-
अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा युवक पक्राउ
-
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
-
४ करोड ३७ लाख मूल्य बराबरको कोकिन बरामद, २ जना विदेशी पक्राउ