दक्षिण अफ्रिका र भारतविरुद्धको शृंखलामादर्शकलाई रोक
मङ्गलबार, ०६ पुस २०७८, १४ : ५३
विश्वभर फैलिँदै गएको कोभिड–१९ ९ओमिक्रोन० को कारण भारत र दक्षिण अफ्रिकाबीचको खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको छ । दक्षिण अफ्रिकामा तय भएको टेस्ट र एक दिवसीय शृंखला ६ दिनपछि सुरु हुँदैछ । दक्षिण अफ्रिकाले खेलाडी र समर्थकको स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल आयोजना हुने जानकारी गराएको हो ।
शृंखलाअन्तर्गत तीन टेस्ट र तीन एकदिवसीय खेल हुने तालिका छ । ‘दुई क्रिकेट बोर्डको सहमतिमा हामीले स्वास्थ्य निर्देशिका जारी भएअनुसार नै दक्षिण अफ्रिका र भारतबीचको टेस्ट र एक दिवसीय खेलको शृंखला दौरान दर्शक प्रवेशमा रोक लगाएका छौं । यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्राथी छौ,’ जारी गरेको विज्ञप्तीमा भनिएको छ । पछिल्लो समय दक्षिण अफ्रिकामा हप्तामा २० हजार भन्दा बढीलाई ओमिक्रोन देखिन थालेपछि यो निर्णय लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त