नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । सो बीमा कम्पनीले सञ्चारमाध्यम र आफ्ना सामाजिक सञ्जाललगायत मार्फत ‘नेपालकै न.ं १’ अभियान सार्वजनिक गरेको हो ।
विभिन्न तथ्य र प्रमाणहरु प्रस्तुत गर्दै कम्पनीले सो दाबी गरेको हो । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग एक खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ बराबर सर्वाधिक जीवन बीमा कोष रहेको, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी गरेको, ४० अर्ब ५० करोड रुपैयाँको सर्वाधिक दाबी भुक्तानी, ७ अर्ब १९ करोड अर्ब रुपैयाँको सर्वाधिक चुक्तापुँजी रहेको सो कम्पनीको दाबी छ ।
अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको उल्लेख गर्दै कम्पनीले जनतामा जीवन बीमाको महत्वबारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशीलकुमार चौधरीले बताए ।
अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पुर्याउन उल्लेख्य सहयोग तथा सहकार्य पु¥याएका सेयरहोल्डर्स, कर्मचारी,अभिकर्ता लगायत प्रत्यक्ष/परोक्षरुपमा भूमिका खेल्ने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद साथै कृतज्ञता ज्ञापन गर्नुपनि अभियानको उद्देश्य रहेको उनले जानकारी दिए ।
यो अभियानमार्फत नेपाल लाइफका लागि ग्राहक महानुभाव तथा लक्षित वर्गको अझ धेरै विश्वास प्राप्त हुने कम्पनीको विश्वास छ । साथै योजनामार्फत कम्पनीले हात पारेको यो उचाइलाई भविष्यमा पनि निरन्तरता प्रदान गर्न उल्लेख्य सहयोग मिल्नेप्रति कम्पनी विश्वस्त रहेको कम्पनीका सीईओ चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही
-
रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना