बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

मङ्गलबार, ०६ पुस २०७८, १३ : ००
मङ्गलबार, ०६ पुस २०७८

होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको जानकारी दिएको छ। होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएकी हुन् ।

यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । 

उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी थिइन् । उनी होन्डुरसका पूर्व राष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डुरस पहिलो महिला राष्ट्रपति हुनेछिन् । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप