शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी परियोजना अघि बढाउने सरकारको दायित्व:  गृहमन्त्री खाँण

मङ्गलबार, ०६ पुस २०७८, ११ : ३१
मङ्गलबार, ०६ पुस २०७८

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताएका छन् । उनले एमसीसी परियोजना अगाडि बढाउने सरकारको दायित्व रहेको पनि बताए । 

मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले  यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि  बढाउनु  वर्तमान सरकारको दायित्व भएको बताए । 

यद्यपि सबैको सहमति र सहाकार्यकै आधारमा एमसीसी परियोजनाको प्रक्रिया अगाडी बढाइने उनको भनाइ थियो । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम आएका गृहमन्त्री खाँणले एमसीसीको बारेमा जनतामा केही भ्रम रहेको बताए । 

उनले भने, ‘अमेरिकी सरकारले एमसीसीको माध्यमबाट मुख्यतः गरिबी निवारण र रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गर्नेछ, यसबाहेक अरु कुनै उद्देश्य छैन ।' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप