शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

परीक्षामा चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट

मङ्गलबार, ०६ पुस २०७८, ११ : २२
मङ्गलबार, ०६ पुस २०७८

चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।
परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ ।

ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप