बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सेलिब्रेटी नेपालले ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ गर्ने

मङ्गलबार, ०६ पुस २०७८, १० : ५५
मङ्गलबार, ०६ पुस २०७८

नेपाली चलचित्र ग्रामीण बजारमा पुर्याउने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । सेलिब्रेटी नेपालले माघको अन्तिम साता ३ दिन चलचित्र महोत्सव गर्ने घोषणा गरेको हो । महोत्सवको आयोजना स्थल केही दिन पछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण भएका स्वदेशी छोटा चलचित्र (सर्ट फिल्म), डकुमेन्ट्री र फिचर चलचित्रको सहभागिता रहने छ । महोत्सवमा ग्रामीण क्षेत्रका दर्शक समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

महोत्सवमा विभिन्न भाषाभाषीकासँगै मोबाइलबाट खिचिएका चलचित्रहरू समेत समावेश हुनेछन् । महोत्सवमा चलचित्र प्रदर्शनसँगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने बिषयमा अन्तरक्रिया तथा वर्कसपको आयोजना समेत गरिनेछ । 

दर्शकबीच अन्तरक्रिया, गाउँले परिवेशमा चलचित्र निर्माण वर्कसप, कथा तथा मौलिकतामाथि अन्तरक्रिया समेत हुने कार्यक्रममा बिभिन्न साँस्कृतिक तथा देशको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहनेछ । महोत्सवले ग्रामीण स्थानीयमा नेपाली चलचित्र र चलचित्रकर्मी प्रतिको चासो र माया बढ्ने, नियमित नेपाली चलचित्र हेर्ने दर्शकको संख्या पनि बढ्ने विश्वास आयोजकले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप