बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

दुई सय पर्यटक सवारी चालकलाई तालिम

मङ्गलबार, ०६ पुस २०७८, १० : ५२
मङ्गलबार, ०६ पुस २०७८

नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा २०० पर्यटक सवारी चालकहरुलाई २ दिने तालिम दिएको छ । बोर्डले पुस ३ र ४ गते सवारी चालकलाई तालिम दिएको हो ।

तालिममा पर्यटक ट्याक्सी, बस र रिक्सा चालकहरुलाई कोभिडका समयमा सुरक्षित यात्राका लागि अपनाउनु पर्ने विधिका बारेमा जानकारी दिइएको थियो । यस्तै, आतिथ्यता, म्याप पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयहरुमा तालिम दिइएको थियो ।

होटल संघ नेपालको प्रथम उपाध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्सका वरिष्ठ उपाध्यक्ष विनय बस्नेत, गैरआवासिय संघ युरोप क्षेत्र संयोजक सोम सापकोटा, पर्यटक बस यातायात संघका प्रतिनिधिहरू उद्घाटन र समापन कार्यक्रममा सहभागी थिए ।

पर्यटकहरुलाई यात्राका दौरान चाहिने अत्यावश्यक पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेबसाइटको विवरण भएको स्टिकरलाई यही अवसरमा ५०० सवारीमा टाँस्ने अभियान यही अवसरमा सुचारु गरियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप