बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि सुर्खेत विमानस्थल पुनः सञ्चालनमा

मङ्गलबार, ०६ पुस २०७८, १० : ३२
मङ्गलबार, ०६ पुस २०७८

मर्मतका लागि भन्दै एक महिनाअघिदेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि विमानस्थल बन्द थियो । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

विमानस्थल सञ्चालन हुने भएपछि आजका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान थपेको थियो ।

नेपालगञ्जमा दैनिक पाँच उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द रहेका बेला दैनिक ६ उडान गर्ने गरेको थियो । धावनमार्ग मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप