पनामा पेपर्स मामिला : ५० हजार डलरको कम्पनी १५ सय डलरमा किन बेचियो ? अमिताभकी बुहारी बनेपछि कम्पनी किन बन्द
पनामा पेपर्स लिक मामिलामा सोमबार ऐश्वर्या राय बच्चनलाई प्रवर्तन निर्देशनालय (इडी) ले सात घण्टा सोधपुछ गर्यो । ऐश्वर्यालाई उनका कम्पनी र बैंक अकाउन्टबारे प्रश्न सोधियो । दैनिक भास्करले स्रोतलाई हवाला दिँदै इडीले ऐश्वर्यालाई ५० हजार डलरमा खरिद गरेको कम्पनी १५ सय डलरमा किन बेच्यौ ? अमिताभ बच्चनकी बुहारी भएपछि कम्पनी किन बन्द गरियो ? लगायतका प्रश्न सोधियो ।
इडीले सोमबार उनलाई दिल्लीको लोकनायक भवनमा सोधपुछ गरेको हो । इडीका अधिकारीले ऐश्वर्याका लागि प्रश्नका सूची पहिले नै तयार पारिसकेका थिए । उनी बेलुका साढे सात बजे इडीको कार्यालयबाट बाहिरिइन् । स्रोतका अनुसार ऐश्वर्या इडी कार्यालयको पछिल्लो ढोकाबाट बाहिरिएकी हुन् । उनले इडीलाई मुद्दासँग जोडिएका केही दस्तावेज पनि बुझाइन् ।
ऐश्वर्यालाई इडीले सोधे यी पाँच प्रश्नः
१. तपाईं कुन–कुन कम्पनीमा निर्देशकको पदमा रहनुभएको छ ?
२. अमिताभ बच्चन जुन कम्पनीका निर्देशक थिए, पछि उनका सेयर किन बेचियो ?
३. सन् २००८ पछि कम्पनी किन बन्द गरियो ?
४. के तपाईंको कम्पनीले आरबीआई वित्तिय लेनदेनको मञ्जुरी लिएको थियो ?
५. विवाहपछि कम्पनी किन बन्द गरियो, ५० हजार डलरको कम्पनी १५ सय डलरमा किन बेचियो ?
सन् २०१६ मा बेलायतमा पनामाको ल फर्मको १.१५ करोड ट्याक्स दस्तावेज लिक भएको थियो । यसमा संसारभरीका ठूला नेता, व्यावसायी र ठूला हस्ती तानिएका थिए । उनीहरुमाथि कर छलीको आरोप छ, यसका लागि भारतको कर विभाग अनुसन्धानमा जुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
-
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण