बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चापागाउँमा टेको लगाइएको पुल भाँच्चियाे, टिपर चालककाे मृत्यु

मङ्गलबार, ०६ पुस २०७८, १० : १०
मङ्गलबार, ०६ पुस २०७८

ललितपुरको  चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिँदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिँदा एक टिपर चालकको मृत्यु भएको हो ।

पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाकाे ज्यान गएको महानगरीय प्रहरी वृत्त चापागाउँका  सई पुरुषोत्तम आचार्यले जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियाे । घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप