बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१६८ फेसन डिजाइन एउटै र्‍याम्पमा उत्रिने

मङ्गलबार, ०६ पुस २०७८, ०९ : ४२
मङ्गलबार, ०६ पुस २०७८

१६८ फेसन डिजाइन एकसाथ र्‍याम्पमा उत्रिने भएका छन् । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले आगामी ८ माघमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने शोमा यी डिजाइनर आकर्षक पहिरन सहित र्‍याम्पमा देखिने भएका हुन् ।

‘ड्रेस टु इम्प्रेस’ नाम दिइएको फेसन शोमा डिजाइनहरू आफैले तयार पारेका विभिन्न आकर्षक पहिरन केही सिक्वेलमा प्रस्तुत गर्नेछन् । शोमा मोडलिङ र डिजाइनिङको कम्बिनेशन हुने र थुप्रै डिजाइन प्रस्तुत गरिने आयोजकले जनाएको छ । 

विगत ४ वर्षदेखि हरेक वर्ष आफ्ना डिजाइनरका विद्यार्थी (६ महिने कोर्स पूरा गरेका)लाई समेटेर ‘ड्रेस टु इम्प्रेस’ नामक फेसन शो गर्दै आएको आईआईएफटीले डिजाइनर स्वयम् र्‍याम्पमा उत्रिने भएकोले शो नौलो र आकर्षक हुने दाबी गरेको छ । 

शोका लागि १६८ डिजाइनर फेसन डिजाइनको अलावा विभिन्न प्रशिक्षणमा समेत जुटेका छन् । दर्शक तथा जर्जलाई इम्प्रेस गर्नु त छँदैछ, त्यसमाथि मोडलका रूपमा स्वयम् स्टेजमा उत्रेर सबैलाई इम्प्रेस गर्नु डिजाइनरका लागि चुनौती धेरै भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक फुपू तेन्जिङ शेर्पाले बताए । 

‘यो एउटा प्रतिस्पर्धा जस्तो पनि हो’ शेर्पाले भने ‘यसबाट उत्कृष्ट समेत छानिने छन् ।’ शेर्माले ‘ड्रेस टु इम्प्रेस’ एक सशक्त डिजाइनको प्रतियोगिताको रूपमा चर्चा गरे । बागबजार र ललितपुरको कुमारीपाटीमा रहेको यस इन्टिच्युटले  फेसन डिजाइनर अध्यापन गराउँदै आएको छ । यसबाट अध्ययन गरेका विद्यार्थीले काठमाडौँ लगायत देशका विभिन्न सहरमा बुटिक सञ्चालन गर्दै आएका छन् । जसका सर्वसाधारणदेखि सेलिब्रेटीसम्म पुग्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप