मृतक नेता चौधरीको परिवारलाई १६ लाख क्षतिपूर्ति दिन सहमति, परिवारले शव बुझे

टिपरको ठक्करबाट मृत्यु भएका स्थानीय नेता खेदु चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ । इलाका प्रहरी कार्यालय विजयपुरमा सोमबार अबेर रातिसम्म चलेको छलफलमा गाडी धनी गुगल निर्माण सेवाका सञ्चालक रामु खनालले चौधरीको परिवारलाई १६ लाख रुपैयाँ दिने सहमति भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । पीडित परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाही गर्ने सहमतिपछि मृतक चौधरीको शव पीडित परिवारले बुझेका छन् ।
फतुवाविजयपुर–११ हिमालीबासमा आइतबार राति साढे ८ बजे टिपरको ठक्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु भएको थियो । टिपर धनी र चालकलाई जोगाउन हतार हतारमा शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाएको आरोप लगाउँदै पीडित परिवार र गाउँलेहरू सोमबार बिहानैदेखि आन्दोलनमा उत्रेका थिए ।
सैयौँको सङ्ख्यामा रहेका गाउँलेहरूले सोमबार विजयपुरमा प्रदर्शन गर्दै प्रहरी कार्यालय माथि ढुङ्गामुढा प्रहार गरेका थिए । ढुङ्गामुढा प्रहारबाट २ जना प्रहरी घाइते भएका छन् भने आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीको लाठी प्रहारबाट एक जना स्थानीय मुक्ति पटेल घाइते भएका छन् । ढुङ्गामुढा पछि फतुवा बिजयपुरकी उपमेयर कान्ति देवी महतोको अगुवाइमा स्थानीयले प्रहरी कार्यालय अगाडि धर्नामा बसेर सोमबार दिनभर बाटो अवरुद्ध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको औचित्य छैन
-
मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित
-
गण्डकीका सबै अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय
-
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
-
‘योग्य, सक्षम, इमानदार र स्वतन्त्र मान्छे न्यायाधीश हुने अवस्था रहेन’
-
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल