बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको बागमती प्रदेश पदाधिकारीमा को-को ?

मङ्गलबार, ०६ पुस २०७८, ०७ : ३१
मङ्गलबार, ०६ पुस २०७८

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए । यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी 'छिन्तु' र रामप्रसाद ढुंगाना विजयी भएका छन् ।

सचिव इन्द्र बहादुर थिङ 'छिन्ताङ' निर्वाचित हुँदा सह सचिवमा दल बहादुर बुर्लाकोटी 'बिजय', माधव लामिछाने 'समिर' र प्रकाश श्रेष्ठले बाजी मारेका छन् । यस्तै कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप