माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित
मङ्गलबार, ०६ पुस २०७८, ०७ : २२
नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन् । पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके ।
त्यस्तै तीन वटा पद रहेको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । उपाध्यक्ष पदमा १० जना उम्मेदवार रहेका थिए । यता सचिव पदमा इन्द्र बहादुर थिङ निर्वाचित भएका छन् । तीन पद रहेको सहसचिव पदमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त