सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त
सोमबार, ०५ पुस २०७८, २१ : १९
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो ।
२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डे असोज २०७८ देखि सो बैंकमै नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामोे अनुभव बटुलेका पाण्डेले यसअघि नबिल बैंकमा १८ वर्ष काम गरिसकेका छन् ।
कर्जा क्षेत्रमा विज्ञता हासिल गरेका पाण्डेले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी वहन गरिसकेका छन् भने सानिमा क्यापिटलको संचालक रहिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का
-
युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
-
मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही