पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
सोमबार, ०५ पुस २०७८, २१ : १७
प्रभु क्यापिटल लिमिटेडलाई पोखरा फाइनान्स लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न पोखरा फाइनान्स लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।
सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रवीचन्द्र गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरे । २०७८ पुस ५ गतेदेखि लागू हुनेगरी पोखरा फाइनान्सले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले पोखरा फाइनान्स लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् सेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायत कार्यहरू गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय