मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

आईएमई इन्स्योरेन्सको ‘बिजनेस एक्सिलेन्स अवार्ड २०२१’ सम्पन्न

सोमबार, ०५ पुस २०७८, २१ : १४
सोमबार, ०५ पुस २०७८

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रूपमा आयोजना गर्ने ‘बिजनेस एक्सिलेन्स अवार्ड २०२१’ सम्पन्न गरेको छ । ‘उत्कृष्ट भविष्यका लागि हातमा हात’ नारासहित सम्पन्न अवार्ड कार्यक्रममा गत आर्थिक वर्षभर उत्कृष्ट कार्यसम्पादन गरी इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार सम्मानित भएका सो कम्पनीले जानकारी दिएको छ । 

यसैगरी उत्कृष्ट आठ एजेन्सी मेनेजर, एमडीआरटीमा योग्य ३२ अभिकर्ता, अभिकर्ताहरू, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरू र कर्मचारीहरूलाई सम्मान गरिएको सो कम्पनीले जनाएको छ । कार्यक्रममा ३०० भन्दा धेरै अभिकर्ताको उपस्थिती थियो । 

कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका अध्यक्ष डा. रामहरि अर्याल, अन्य सञ्चालक समितिका सदस्यहरू र कम्पनीकी ब्राण्ड एम्बासेडर मनीषा कोइरालाको उपस्थिती थियो । यस्ता कार्यक्रमले आईएमई लाइफका अभिकर्ताहरूलाई यस क्षेत्रमा क्रियाशील रहन अझ प्रेरित गर्ने र अझै उत्कृष्ट कार्यसम्पादन गर्न आग्रह गरेका थिए ।

कम्पनीका अनुसार अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अन्र्तराष्ट्रिय ट्रेनरद्वारा एमडीआरटीलाई केन्द«बिन्दु बनाइ प्रशिक्षण दिइएको थियो । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी सदैव तयार रहेको तथा यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।

कम्पनीका अध्यक्ष अर्यालले बीमा अभिकर्ता सम्मानजनक पेशा भएको र राष्ट्रको लागि योगदान पु¥याएको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप