सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम फेरि सुरु

सोमबार, ०५ पुस २०७८, २० : ३८
सोमबार, ०५ पुस २०७८

प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी दिए ।

मन्त्रिपरिषदको बैठकबाट प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित भएसँगै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिकतर्फका सांसदले ५० लाख रुपैयाँ खर्च गर्न पाउने बाटो खुल्नेछ ।

तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम रद्द गरेको थियो । तर पाँच दलीय गठबन्धन सरकारले पुनः उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रदेश सांसदको दबाबमा प्रदेश सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले स्थानीय तहमा सिधै निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसा खर्च गर्ने गरी अख्तियारी प्रदान गरिने निर्णय भएको बताए । यसअघि निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसा मन्त्रालयबाट खर्च हुने व्यवस्था थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप