माओवादी केन्द्र बागमती प्रदेशको चुनावः अध्यक्षमा गौतम र सहयात्रीबीच प्रतिस्पर्धा
नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्वसहितको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । राजधानीको अनुपम फुडल्याण्डमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दिएका छन् । यस्तै तीन जना निर्वाचित हुने उपाध्यक्ष पदमा १० जनाको उम्मेदवारी परेको छ भने एक जना निर्वाचित हुने सचिव पदमा ४ जनाले उम्मेदवारी दिएकामा १ जनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमा अञ्जन कुमार तिमल्सिना रहेका छन् ।
यस्तै ३ जना निर्वाचित हुने सहसचिव पदमा पनि १० जनाको उम्मेदवारी परेकामासञ्जय लामाले फिर्ता लिएका छन् । यस्तै कोषाध्यक्षमा ३ जनाले उम्मेदवारी दिएका छन् । तीमध्येबाट १ जना निर्वाचित हुनेछन् ।
बागमती प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्वसहित पदाधिकारी चयन गर्न खोजिएपनि सहमति नभएपछि अध्यक्ष प्रचण्डको निर्देशनमा चुनाव गर्न लागिएको हो । मतदानमा २७५ जना मतदाता छन् ।
यसअघि शीर्षकमा गौतम हुनुपर्नेमा अन्यथा असावधानीवश गल्ती हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी