नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ
![नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ](https://rpcdn.ratopati.com/media/albums/pakrau-jail-arrest-cartoon-2_UT1rqfgDi7.jpg)
सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट रु एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो (आषिश) र ४८ वर्षीय प्रमोद कुमार रहेका सशस्त्र प्रहरीले जनाएको छ । नक्कली नोट बोकेर भारतीय बजार सोनवर्षाबाट नेपालतर्फ प्रवेश गर्न लाग्दा नाकामै उनीहरू पक्राउ परेका हुन् । सीमा छेउको गोरखकालीस्थित भन्सार कार्यालय अगाडि ड्युटिमा बसेका सशस्त्र प्रहरीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेका हुन् ।
सशस्त्र प्रहरी बल १० नं गणका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत खनियाँका अनुसार उनीहरू बीआर ३० वाइ ४१३९ नम्बरको भारतीय मोटरसाइकलमा आएका थिए । ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई शङ्का लागेपछि चेकजाँच गर्नेक्रममा मोटरसाइकलको डिक्की र सिटको बीचमा लुकाएर ल्याएको रु एक हजार दरका ११५ नोट बरामद भएको हो । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको भए पनि आज मात्रै सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
-
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
-
‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-
कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलर, चिनिया युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, कसको कति ?