प्रदेश १ मा ११ सङ्क्रमित थपिए
सोमबार, ०५ पुस २०७८, १८ : ४०

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो दर लगातार तीन दिनदेखि एउटै देखिएको छ । दुई सय ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा पाँच र झापामा तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै छ महिलासहित १२ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अझै ८६ सक्रिय सङ्क्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी