काठमाडौं मेडिकल कलेजमा विद्यार्थीद्वारा तालाबन्दी
![काठमाडौं मेडिकल कलेजमा विद्यार्थीद्वारा तालाबन्दी](https://rpcdn.ratopati.com/media/albums/269625300_460812768899888_7604342763322425103_n_nRa9iDjwps.jpg)
काठमाडौं मेडिकल कलेज (केएमसी) ले अतिरिक्त शुल्क माग्दा विद्याथी आन्दोलित भएका छन् । केएमसीले करिब २० लाख रुपैँया अतिरिक्त शुल्क मागेपछि एमबीवीएस भर्ना भएका विद्यार्थीले आन्दोलितसँगै तालान्दी गरेको हुन् ।
भर्ना गरेर अध्ययनका लागि कलेज पुगेपछि विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क मागिएको भन्दै सोमबार विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका हुन् । विद्यार्थी आन्दोलित भएपछि कक्षा समेत सुरु हुन सकेको छैन । यस्तै विद्यार्थीले केएमसी कलेजले अतिरिक्त शुल्क असुलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत उजुरी दिएको विद्यार्थी सुरज दासले बताए ।
एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यकामा ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजर २५ रुपैँया निर्धारण गरेको छ । यद्यपि केएमसी कलेजले भने पहिले किस्ता रकम बुझाएपछि विभिन्न शीर्षकमा ६० लाख रुपैयाँ बुझाउन विद्यार्थीलाई ताकेता गर्दै आएको अध्ययनरत एक विद्यार्थीले बताए । आयोगले तोकेको बाहेक अन्य शुल्क अस्पतालले प्रतिवद्धता जनाएसम्म आन्दोलनलाई फिर्ता नलिने एक छात्राले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा