शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२०६५  मत गन्दा डिलाको अग्रता कायमै, पछिपछि पुष्पा

सोमबार, ०५ पुस २०७८, १७ : ०८
सोमबार, ०५ पुस २०७८

नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म २०६५ मत  भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १२६८ मत पाउँदा पुष्पा भूसाल ११९६ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १११६ मतका साथ तेस्रो स्थानमा छिन् ।​ यस्तै अम्बिका बस्नेत ९९८ मतसहित चौथो नम्बरमा छिन् भने ९८५ मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा  छिन् ।

९४९ मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला ८१३ मत ल्याएर सातौं नम्बरमा छिन् । सुशीला ढकालले ७९४  रंगमती शाही ७८० मत ल्याएर आठौं र नौ नम्बरमा छिन् । नम्बरमा स्थान बनाउन अनिता देवकोटा ७७४ मत ल्याएर संघर्ष गरिरहेकी छन् । काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप