मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मोबाइल बैंकिङ सेवाग्राही ह्वातै बढे

एक महिनामा दुई लाख ७६ हजार ग्राहक थपिए
सोमबार, ०५ पुस २०७८, १६ : ५२
सोमबार, ०५ पुस २०७८

मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ह्वातै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्र दुई लाख ७६ हजार ९१६ ग्राहक थपिँदै कुल संख्या १ करोड ५४ लाख ३० हजार ३७९ पुगेको हो । 
गत असोजमा यस्तो संख्या १ करोड ५१ लाख ५३ हजार ४६३ रहेको थियो । 

यस्तै, पछिल्लो महिना इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ५ हजार २९७ ले वृद्धि हुँदै १२ लाख ६३ हजार ८८३ पुगेको बैंकले जनाएको छ । समीक्षा अवधिमा विद्युतीय भुक्तानी साधन वालेट प्रयोगकर्ताहरुको संख्या दुई लाख १० हजार २३६ ले वृद्धि हुँदै १ करोड २ लाख ३९ हजार ७ पुगेको बैंकले जनाएको छ ।

यस्तै, डेबिट (एटीएम) कार्ड प्रयोगकर्ताहरु ९३ लाख ६९ हजार ६७८ बाट बढेर ९५ लाख ६५ हजार २४ पुगेको र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या दुई लाख ४ हजार ९५६ बाट बढेर दुई लाख ७ हजार ६१५ पुगेको बैंकले जनाएको छ ।

यस्तै, प्रिपेड कार्ड प्रयोगकर्ताको संख्या हाल ८६ हजार ६३, कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको ७ लाख १६ हजार ११२, पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) प्रयोगकर्ताहरूको संख्या १०, पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) को प्रयोगकर्ताहरूको संख्या २७, पीएसपी एजेन्टस्हरुको संख्या १० हजार ३०९ पुगेको बैंकले जनाएको छ ।  
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप