कैलालीका अर्जुन दास हत्या प्रकरण : एकजना पक्राउ

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी एकजना युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद प्रकाश जोशीले रातोपाटीलाई बताए ।
टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक बनमा शनिबार अर्जुनको शव भेटिएको थियो । अनुसन्धानकै क्रममा भएको भन्दै प्रहरीले पक्राउ गरेको आरोपीको नाम सार्वजनिक गरेको छैन ।
अर्जुन दास गाउँमै मजदुरी गर्थे । हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको थियो । शव बाँधेको ठाउँ नजिकै टाउको फेला परेको छ । हत्यापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी पत्नी धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा एक युवकले पठाएका थिए । सो अडियोसँग सम्बन्धित व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
शव पोस्टमार्टम गर्ने सहमति
प्रहरी र स्थानीयको बिचमा मृतकको शव पोस्टमार्टम गर्ने सहमति भएको छ । यसअघि स्थानीयले अपराधी पक्राउ नगरेसम्म शव उठाउन नदिने भन्दै आन्दोलन गरेका थिए । सहमति गरेर शव पोष्टमार्टमका लागी अस्पतालमा पठाइएको डिएसपी जोशीले बताए ।
हत्यामा संलग्नहरू र अर्जुनको बिचमा मोबाइलको विषयमा सामान्य विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तर, सो विवाद हत्यासम्म जानुपर्ने खालको नभएको प्रहरीको भनाई छ । घटनास्थलमा चुरोटका ठुटा भेटिएका छन् । लागु औषध प्रयोगकर्ताहरूले सनकको भरमा हत्या गरेको हुनसक्ने अनुसन्धान अधिकृतहरू बताउँछन् । आरोपीहरू पहिचान भैसकेको जानकारी दिँदै डिएसपी जोशीले भने–‘छिट्टै नतिजा आउने गरी अनुसन्धान गरिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल