नेप्सेको ओरालो यात्रा रोकिएन, सोमबार पनि १७ अंकको गिरावट
सोमबार, ०५ पुस २०७८, १५ : २२
सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो ।
त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप–सचूक ऋणात्मक भएका छन् ।
यस दिन कुल २३१ कम्पनीको ५४ करोड ३९ हजार कित्ता सेयर ३७ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलको संयुक्त पत्रकार सम्मेलन सर्यो
-
सरकारमा सहभागी मन्त्रीसहित कांग्रेस संसदीय दलको बैठक सुरु
-
अध्यादेश र सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र दुई धार
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
-
गुरुङ र मगर भाषालाई सरकारी भाषा बनाउँदै गण्डकी प्रदेश