‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित
![‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित](https://rpcdn.ratopati.com/media/albums/stadium_dasharath_rangashala_NCbRhU0FGC.jpg)
फरवार्ड आशिष लामाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफ फुटबल टोलीले पहिलो जित निकालेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले अर्काे रेलिगेशन जोनको फ्रेण्ड्सविरुद्ध ३–१ अन्तरको जित निकालेको हो ।
पाँचौ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा एपीएफको लागि आशिष लामाले दुई तथा विकी तामाङले एक गोल गरे । फ्रेण्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल फर्काए । खेलको ३० औं मिनेटमा एपीएफले अग्रता बनायो । बक्स अगाडिबाट बिकीले गोल गरे । त्यसको दुई मिनेटमै आशिषले अग्रता दोब्बर बनाए । उनले बक्स भित्रबाट सहजै बललाई जाली चुमाए ।
खेलको ५६ औँ मिनेटमा आशिषले एपीएफलाई ३-० को अवस्थामा पुर्याए । काउण्टरमा बल पाएका आशिषले पेनाल्टी एरियाबाट व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे । खेलको ६८औं मिनेटमा प्रिजेन तामाङले पाएको पेनाल्टी सदुपयोग गर्दै एपीएफको अग्रता ३-१ को अवस्थामा झारे ।
जितपछि ४ अंक बनाएको एपीएफ गोल अन्तरका आधारमा ११ औं स्थानमा छ । पराजित फ्रेण्ड्स २ अंकसहित पुछारमा छ । योसँगै पाँचौ चरणको खेल सकिएको छ । २ अंकको अग्रता बनाउँदै मनाङ मर्स्याङ्दी क्लब १३ अंकका साथ पहिलो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त