बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली गफाडी नम्बर वान : माधव नेपाल

सोमबार, ०५ पुस २०७८, १४ : ५६
सोमबार, ०५ पुस २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले अहिले बहुमत ल्याउँछु भनेर कुर्लिरहेपनि त्यसको कुनै अर्थ नरहेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधान मिचेर संसद विघटन गरेकाले अहिलेको संसदलाई पनि काम नलाग्ने बनाउने योजनामा रहेको बताए । 

‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, अध्यक्ष नेपालले भने, ‘गिजिन बुकमा नाम लेखिदिए हुन्छ । गफाडी नम्बर १, केपी ओली । अरुलाई अपमान, तेजोबोध, र पीडा मात्रै दिने । परपीडक नम्बर १ ।’ उनले केपी ओलीलाई  सुध्रन, गल्ती महशुस गर्न र सही बाटोमा आउन सुझाव समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप