काँग्रेस खुला महिला केन्द्रीय सदस्यमा संग्रौलाको अग्रता, आरजु राणा तेस्रो
सोमबार, ०५ पुस २०७८, १४ : १२
![काँग्रेस खुला महिला केन्द्रीय सदस्यमा संग्रौलाको अग्रता, आरजु राणा तेस्रो](https://rpcdn.ratopati.com/media/albums/arju-dila_rywtQs4wLE.jpg)
नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म १३ सय ६४ मत भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् ।
उनले ८२५ मत पाउँदा पुष्पा भूसाल ८०२ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ७२८ मतका साथ तेस्रो स्थानमा छिन् ।
अम्बिका बस्नेत ६५८ मतसहित चौथो नम्बरमा छिन् भने ६४० मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा छिन् ।
६२४ मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला ५२९ मत ल्याएर सातौं नम्बरमा छिन् । सुशीला ढकालले ५१९ अनिता देवकोटा ५१३ मत ल्याएर आठौं र नौ नम्बरमा छिन् ।
काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात
-
सहकारी सुधार प्रयासबारे युवराज खतिवडाका तीन ‘अब्जेक्सन’
-
दलित सशक्तीकरण विधेयक छिट्टै पास गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प
-
संगठन विभागमा बेदुराम, प्रकाशको भागमा प्रचार
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न