बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

कोभिड खोप लिएर आएको चिनियाँ विमान काठमाडौं विमानस्थलमा अवतरण नगरी फर्कियो

सोमबार, ०५ पुस २०७८, १३ : १४
सोमबार, ०५ पुस २०७८

चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले रातोपाटीलाई बताए ।

सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको थियो । खराब मौसमका कारण काठमाडौंको आकाशमा डेढ घण्टा होल्ड भएपछि जहाज छेन्दु फिर्ता भएको छ । जहाज काठमाडौं फर्किने कार्यतालिका आउन बाँकी रहेको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक गुरागाईंले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप