बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

एनएमबी बैंकले सुपर कावेली खोला– ए तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुमा लगानी गर्ने

सोमबार, ०५ पुस २०७८, १३ : ११
सोमबार, ०५ पुस २०७८

एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर कावेली खोला – ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता भई वित्तीय लगानी गर्ने भएको छ । 
प्रदेश १ को ताप्लेजुङ जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको सुपर कावेली खोला – ए जलविद्युत आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरु क्रमश स्नो रिभर्स प्रा. लि. तथा हिल्टन हाइड्रो इनर्जीद्वारा निर्माण भइरहेको हो । 

यस आयोजनाहरुमा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह—वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । 
१३.५ मेगावाट (सुपर कावेली खोला – ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमश रु २ अर्ब ४१ करोड तथा रु. २ अर्ब १४ करोड रहेको छ । 

जसमध्ये बैंकहरुको लगानी क्रमश रु. १ अर्ब ८९ करोड तथा रु. १ अर्ब ६७ करोड रहने जानकारी गराइएको छ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।  
 
नेपाल राष्ट्र बैंकबाट जारी इनभारोमेन्ट एण्ड सोसल मिटिग्रेसन गाइडलाइन, २०१८ को निर्देशन अनुसार एनएमबि बैंक लि.ले वातावरणीय तथा सामाजिक निती (इनभारोमेन्ट एण्ड सोसल पोलिसी) तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (इनभारोमेन्टल एण्ड सोसल म्यानेजमेन्ट सिस्टम) लागु गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप