शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

सोमबार, ०५ पुस २०७८, १२ : ३२
सोमबार, ०५ पुस २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले सोमबार हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को आठ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो। 

समायोजनपछि एचआईडिसीएलको मूल्य २४८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । गत बिहीबार एचआईडीसीएलको सेयर प्रतिकित्ता २६८ रुपैयाँ २० पैसा र साना किसानको एक हजार ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप