विश्वविद्यालयको शिक्षा व्यवहारिक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताएका हुन् ।
‘यस सन्दर्भमा आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ’। प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले मुलुकको शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने भन्दै त्यस्तो शिक्षा प्रदान गर्ने अवसर सबैलाई समान रूपमा सुनिश्चित हुनुपर्ने समेत बताएका छन् ।
प्रधानमन्त्री देउवाले कतिपय विकसित मुलुकमा आधारभूत शिक्षामात्र निःशुल्क नभई विश्वविद्यालय स्तरको शिक्षा समेत सर्वसुलभ बनाएको भन्दै विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई आवश्यक वातावरण बनाइदिएको बताएका छन् ।
उनले उच्च शिक्षामा अझै पनि आर्थिक हैसियत भएका सीमित र वर्ग र समुदायले मात्रै पाएको भन्दै सरकार त्यो मान्यता तोड्न चाहिरहेको बताए । ‘हाम्रो सन्दर्भमा पनि आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने सरकारको मान्यता रहेको छ’, प्रधानमन्त्रीले भने, ‘समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र र समाजका लागि उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा