‘डिजिटल सर्भिस आईसीटी अवार्ड २०२१’ एनसीएचएललाई
लिभिङ वीद आईसीटीले यो वर्षको ‘डिजिटल सर्भिस आईसीटी अवार्ड २०२१’ उपाधि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई प्रदान गरेको छ । आईसीटीले सम्बन्धित क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न १२ विधाका व्यक्ति, संस्था र उत्पादनलाई अवार्डले सम्मानित गरेको हो । एनसीएचएलले डिजिटल सर्भिसेज विधामा अवार्ड प्राप्त गरेको हो ।
डिजिटल रूपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरू स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पु¥याएको महत्वपूर्ण योगदानहरूको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरिएको आईसीटीले जानकारी दिएको छ । एनसीएचएलले भुक्तानी पूर्वाधारहरू निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तरबैंक विद्युतीय भुक्तानीलगायत राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरिरहेको छ ।
एनसीएचएलले आर्थिक वर्ष २०७७÷७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ, जसअन्तर्गत नेपाल सरकारको विभिन्न निकायहरू, संस्थानहरू, पुँजी बजार, बीमा, रेमिटेन्स, ठूला संस्थाहरू लगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरूलाई सहजीकरण गर्दै आएको छ ।
हालै विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी काडसमेत प्रयोगमा ल्याउन एनसीएचएलले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन समेत थालनी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली