थर्मसमा ‘चपली हाइट ३’ को प्रचार
१५ पुसबाट प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘चपली हाइट ३’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले प्रचारप्रसारको विभिन्न नयाँ शैली अपनाउन थालेको छ ।
यस्तैमा निर्माण युनिटले फिल्मको प्रचारमा चियाको थर्मस समेत प्रयोग गरेको छ । निर्माता अर्जुन कुमारले बालाजु र वसन्तपुर क्षेत्रमा सर्वसाधारण चिया बेच्ने व्यवसायीसँग सहकार्य गरेर ‘थर्मस पब्लिसिटी’ अभियान चलाएका हुन् । उनले चिया बेच्ने व्यवसायी सबैको थर्मसमा फिल्मको स्टिकर समेत टाँसेका छन् ।
‘नेपाली फिल्म हेर्ने वास्तविक दर्शकसँग फिल्मको जानकारी पुर्याउने उद्देश्यले ‘थर्मस पब्लिसिटी’को आइडिया लगाएको हो’ निर्माता अर्जुन कुमारले भने ‘यसले पनि फिल्म प्रचार राम्रो हुने मेरो बुझाई रहेको छ ।’ फिल्मको प्रचार शैलीमा केही नयाँ गर्न समेत आफूले ‘थर्मस पब्लिसिटी’ अपनाएको अर्जुनको भनाई रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । फिल्मले युवाको कथा उठाएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह