सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, ०५ पुस २०७८, ११ : २२
सोमबार, ०५ पुस २०७८

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । संस्थाले साधारणसभाका लागि ६ पुसमा बुकक्लोज गर्दैछ । नेप्सेमा आजसम्म कारोबार भएर कायम रहेका सेयरधनीले मात्र लघुवित्तको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले सेयरधनीलाई वितरण गर्ने २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न १५ पुसमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ । सभामा चुक्ता पुँजी वृद्धि गरी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरू पारित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप