राष्ट्रिय कीर्तिमानसहित हाफ म्याराथन सम्पन्न, उपराष्ट्रपतिद्वारा धावक पुरस्कृत

नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आम उपभोक्तामा प्रोटिनको महत्त्व उजागर गर्ने उद्देश्यले काठमाडौंमा हाफ म्यारथन सम्पन्न भएको छ । हाफ म्याराथनमा महिलातर्फ भतmपुरकी सन्तोषी श्रेष्ठले १ घण्टा १४ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् भने पुरुषतर्फ बागलुङका तिर्थ पुनले १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरी प्रथम स्थान हासिल गरे ।
१० किमि खुल्ला दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३० मिनेट ५९ सकेन्डमा दौड पुरा गरेका थिए भने ५ किमि (महिला खुल्ला) दौड नेपाल पुलिस क्लबकी राजपुरा पछाईले २२ मिनेट ४१ सेकेन्ड मा पूरा गरी प्रथम स्थान हासिल गरिन् ।
पाँच किलोमिटर पुरुष स्कूल विद्यार्थीमा प्रकाश कठायत २१ मिनेटमा दौड सम्पन्न गरी प्रथम भए भने तीन किलोमिटर महिला स्कूल विद्यार्थीमा बन्दना बुढाले १७ मिनेट ३१ सेकेन्डमा दौड सम्पन्न गरी प्रथम स्थान हासिल गरिन् । ह्विल चेयर तर्फ प्रेम बहादुर विकले प्रथम स्थान हासिल गरेका थिए ।
हाफ म्याराथन, १० किमि खुल्ला, ५ किमि महिला, ५ किमि पुरुष स्कुल विद्यार्थी, ३ किमि महिला स्कुल विद्यार्थी र ह्विल चेयर विधामा प्रथम हुनेले क्रमशः एक लाख, पचास हजार, तीस हजार, तीस हजार, तीस हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । प्रत्येक विधाका उत्कृष्ट ५ जना गरी ३५ जना विजेता धावकलाई कुल करबाहेक दश लाख पचास हजार रुपैयाँ बराबरको नगद पुरस्कार, मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
दौड प्रतियोगितालाई नेपाल एथलेटिक्स एशोसिएसनले मान्यता दिई प्राविधिक सहयोग गरेकोे थियो भने पुरस्कार वितरण समारोह नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा सितलकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगिताको शुभारम्भ पुस ३ गते बिहान ७ बजे दशरथ रंगशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजबाट भएको थियो भने पुरस्कार तथा प्रमाणपत्र वितरण उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको थियो । नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिनको महत्त्व र प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले हाफम्याराथन सहित विभिन्न ७ विधाका दौड प्रतियोगिता आयोजना गरेको हो । दौड प्रतियोगितामा विभिन्न विधामा गरी करिब २१०० जना सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा