टिपरको ठक्करबाट रौतहटमा माओवादी नेताको मृत्यु
![टिपरको ठक्करबाट रौतहटमा माओवादी नेताको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/dead-body-mrityu-laas_mbTGkSKGzK.jpg)
रौतहट फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट एकजना माओवादी नेताको मृत्यु भएको छ। फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक माओवादी नेता खेदु चौधरीको मृत्यु भएको हो ।
आइतबार राति साढे ८ बजे बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा रहेको गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो। चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै आक्रोशित स्थानीयहरूले निर्माण सेवाको २ वटा टिपरमा तोडफोड गरेका थिए ।
टिपर चालक भने फरार रहेका छन् । चौधरीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । मृतक खेदु चौधरी फतुवा विजयपुर ९ का माओवादी वडा कमिटी सदस्य रहेको माओवादी नगर अध्यक्ष अजय तिमल्सिनाले जानकारी दिएका छन् । यसैबीच दोषीलाई कारबाही र क्षतिपूर्ति को माग गर्दै सोमबार बिहान विजयपुर बजारमा स्थानीय नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान